बुधबार, असोज २८ गते २०८३
  • यो साता चर्चामा :
  • देशभर मनसुन थप सक्रिय, ३० जिल्ला 'रेड जोनमा '


    हुलाक प्रेस

    • बिहीबार , असार २० २०८१०९:४०
    देशभर मनसुन थप सक्रिय, ३० जिल्ला 'रेड जोनमा '

    काठमाडौं । नेपालमा मनसुन थप सक्रिय हुने भएको छ । न्यून चापीय रेखा थप केहीदिन नेपालको दक्षिण भूभाग र सिमाना आसपास नै रहने भएकाले मनसुन अझ सक्रिय हुने सम्भावना रहेको मौसम पूर्मानुमान महाशाखाले जनाएको छ ।

    महाशाखाका अनुसार भोलिदेखि आइतबारसम्म देशभर साधारणदेखि पूर्ण बदली हुनेछ । देशका अधिकांश स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । तर कोसी, मधेस र वाग्मती प्रदेशका थोरै स्थानमा भारी वर्षाको सम्भावना छ ।

    गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका केही स्थानमा भारीदेखि धेरै भारी वर्षा तथा थोरै स्थानहरूमा अति भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

    महाशाखाले ३० जिल्लालाई 'रेड जोन'मा राखेको छ ।

    mausam jokhim.png

     

     


    प्रतिक्रिया दिनुहोस