काठमाडौँ । सानिमा बैंकले नेपाल क्लियरिङ हाउससँग नेपाल र भारतमा अन्तरदेशीय सरल र सजिलो डिजिटल भुक्तानीका लागि सम्झौता भएको छ ।
यससम्बन्धी सम्झौतापत्रमा सानिमा बैंकका तर्फबाट प्रमुख निक्षेप अधिकृत हेमराज संज्याल र नेपाल क्लियरिङ हाउसका तर्फबाट प्रमुख कार्यकारी अधिकृत नीलेशमान सिंह प्रधानले हस्ताक्षर गरे ।
यस सहकार्यबाट दुवै देशका नागरिकलाई एनसीएचएल नेटवर्कमार्फत नेपाल राष्ट्र बैंकको नियमानुसार रकमान्तर गर्न सहज र झन्झटरहित डिजिटल भुक्तानी सेवा प्रदान हुनेछ ।
सानिमा बैंकको देशभर १३३ कार्यालय तथा १२४ वटा एटीएम छन् ।