बिहीबार , असोज २९ गते २०८३
  • यो साता चर्चामा :
  • पछिल्लो ६ घण्टामा यि ८ स्थानमा भारी वर्षा


    हुलाक प्रेस

    • बिहीबार , असार २७ २०८१०८:२४
    पछिल्लो ६ घण्टामा यि ८ स्थानमा भारी वर्षा

    काठमाडौं । पछिल्लो ६ घण्टामा मुलुकका ८ स्थानमा भारी तथा एक ठाउँमा धेरै भारी वर्षा भएको छ । 

    मौसम पूर्वानुमान महाशाखाले आज (बिहीबार) बिहान ७:१० मा दिएको विवरणअनुसार कास्कीको लामापाटनमा बितेको ६ घण्टामा १०२.२ मिलिमिटर वर्षा भएको हो । सय मिलिमिटरभन्दा माथिको वर्षालाई मौसमविद् धेरै भारी वर्षा भन्छन् । 

    यस्तै सो अवधिमा देशका ८ स्थानमा भारी वर्षा भएको छ । महाशाखाका अनुसार नवलपुर जिल्लाको दुम्कौलीमा ८१.४ मिलिमिटर, नवलपुरकै डन्डामा ६९.६ मिलिमिटर, चितवनको त्रिशूली कालीखोलामा ६३ मिलिमिटर, रुपन्देहीको तिलोत्तमामा ५६.२ मिलिमिटर, तनहुँको बन्दीपुरमा ५६ मिलिमिटर, नवलपुरको देउरालीमा ५५.८ मिलिमिटर, गोरखाको आरुघाटमा ५१.६ मिलिमिटर र चितवनको रामपुरमा ५१.४ मिलिमिटर वर्षा भएको हो ।

    मौसमविद्का अनुसार ५० मिलिमिटरभन्दा माथिको वर्षालाई भारी वर्षा भनिन्छ । 


    प्रतिक्रिया दिनुहोस