शुक्रबार, असोज ३० गते २०८३
  • यो साता चर्चामा :
  • लुम्बिनी प्रदेशका तत्कालीन सचिव अधिकारीविरुद्ध १ करोड ३१ रुपैयाँ विगोसहित भ्रष्टाचार मुद्दा


    विद्या राजपुत

    • आइतबार, कात्तिक १९ २०८००६:१६
    लुम्बिनी प्रदेशका तत्कालीन सचिव अधिकारीविरुद्ध १ करोड ३१ रुपैयाँ विगोसहित भ्रष्टाचार मुद्दा

    काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले लुम्बिनी प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका तत्कालीन प्रदेश सचिव वैकुण्ठ अधिकारीसमेत चार जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

    आयोगका अनुसार आर्थिक वर्ष २०७५/७६ मा सो मन्त्रालयले विभिन्न कृषि समूह, सहकारी संस्थामार्फत किसानलाई कृषियन्त्र आपूर्ति गर्ने काममा भ्रष्टाचार भएको पाइएको जनाएको छ । सम्झौताविपरीत कम क्षमता र गुणस्तरको कृषि यान्त्रिक उपकरण वितरण गरेको पाइएको तथा सोही कार्यमा बदनियत देखिएकाले आयोगले अनुसन्धान गरेको थियो । सो काममा रु एक करोड ३१ लाख ६० हजार बराबरको भ्रष्टाचार भएको आयोगले ठहर गरेको छ ।

    आयोगले तत्कालीन प्रदेश सचिव अधिकारी, कृषि व्यवस्था, कृषि सहकारी मन्त्रालयका महाशाखा प्रमुख श्रीधर ज्ञवाली, कृषि प्रसार अधिकृत मुकेश राम्जाली नेपाली र कृषियन्त्र आपूर्तिकर्ता आधुनिक कृषि किसान संसार र सो संस्थाका प्रबन्ध निर्देशक राजाराम तिवारीविरुद्ध पनि समान बिगो दाबी गरिएको छ ।

    उनीहरूविरुद्ध रु एक करोड ३१ लख ६० हजार बराबरको बिगो र कैद सजायको माग गर्दै आज विशेष अदालतमा मुद्दा दायर गरिएको आयोगका सहायक प्रवक्ता देवीप्रसाद थपलियाले जानकारी दिए । 

     


  • सम्बन्धित विषय:

  • # भ्रष्टाचार


  • प्रतिक्रिया दिनुहोस