बिहीबार , असोज २९ गते २०८३
  • यो साता चर्चामा :
  • सानिमा बैंक र पाटन अस्पतालबीच विपन्न महिला उपचारका लागि सम्झौता


    हुलाक प्रेस

    • बिहीबार , साउन ३ २०८१०७:४६
    सानिमा बैंक र पाटन अस्पतालबीच विपन्न महिला उपचारका लागि सम्झौता

    काठमाडौं । सानिमा बैंक र पाटन अस्पतालबीच विपन्न महिलाको उपचारका लागि आर्थिक सहयोग गर्ने सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।

    सम्झौतापत्रमा पाटन अस्पतालका निर्देशक डा रवि शाक्य र बैंकका प्रमुख निक्षेप अधिकृत हेमराज सञ्ज्यालले हस्ताक्षर गरे । 

    आगामी एक वर्षका लागि सानिमा बैंकले न्यून आर्थिक अवस्था भएका महिलाको उपचारका लागि उक्त अस्पताललाई आर्थिक सहयोग उपलब्ध गराउने सम्झौतापत्रमा उल्लेख छ । 

    बैंकले ०७४ सालदेखि विपन्न महिलाको उपचारका लागि उक्त अस्पतालमार्फत आर्थिक सहयोग गर्दै आइरहेको जनाएको छ । 

    प्रत्येक ‘नारी बचत खाता’ खोलेबापत बैंकको तर्फबाट मासिक एक रुपैयाँका दरले नारी राहत कोषमा रकम जम्मा गर्दै आएको छ । सो

    कोषमा जम्मा भएको रकम देशभरका विभिन्न अस्पतालमार्फत विपन्न नारीको उपचारमा सहयोग गर्दै आएको छ ।


    प्रतिक्रिया दिनुहोस