बिहीबार , असोज २९ गते २०८३
  • यो साता चर्चामा :
  • नेपाली क्रिकेटरलाई प्रधानमन्त्रीले दिए बधाई


    हुलाक प्रेस

    • बिहीबार , साउन ३ २०८१११:३२
    नेपाली क्रिकेटरलाई प्रधानमन्त्रीले दिए बधाई

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले ‘आईसीसी डिजिटल फ्यान इन्गेजमेन्ट अवार्ड’ मुलुकलाई प्राप्त भएकामा सम्पूर्ण नेपालीलाई बधाई दिएका छन् ।

    अन्तर्राष्ट्रिय क्रिकेट परिषद्ले यस वर्षको आईसीसी डिजिटल फ्यान इन्गेजमेन्ट अवार्ड नेपाललाई प्रदान गर्ने घोषणा गरेको छ । “यस वर्षको आईसीसी डिजिटल फ्यान इन्गेजमेन्ट अवार्ड नेपालले पाएको छ, बधाई नेपाली,” प्रधानमन्त्री ओलीले सामाजिक सञ्जालमा लेखेका छन् ।

    नेपालले राम्रो क्रिकेट मात्र खेलेको नभई त्यति नै मात्रामा खेललाई पनि साथ दिएको प्रधानमन्त्रीले उल्लेख गरेका छन् ।

    “हामी राम्रो क्रिकेट खेलिरहेका छौँ, अनि त्यति नै मात्रामा खेललाई समर्थन गरिरहेका छौँ । यसका लागि नेपाली खेलाडी, क्रिकेट प्रशासन र विश्वभर छरिएका खेलप्रेमी नेपाली दर्शक पनि बधाईका हकदार छन्,” प्रधानमन्त्री ओलीको फेसबुक पेजमा लेखिएको छ । रासस


    प्रतिक्रिया दिनुहोस