बिहीबार , असोज २९ गते २०८३
  • यो साता चर्चामा :
  • एक अध्ययनको निष्कर्श- भिडियो कलले मस्तिष्कको क्षमतामा गम्भीर असर


    हुलाक प्रेस

    • सोमबार, कात्तिक २० २०८००९:४९
    एक अध्ययनको निष्कर्श- भिडियो कलले मस्तिष्कको क्षमतामा गम्भीर असर

    काठमाडौं । भिडियो कलका कारण मस्तिष्कको क्षमतामा ह्वास हुँदै जाने र गम्भीर समस्या उत्पन्न हुने एक अध्ययनले निष्कर्श निकालेको छ ।

    कोभिड महामारी पछि, वर्क फ्रम होम, स्टडी फ्रम होम, भिडियो कल जस्ता कुराहरू धेरै सामान्य भएका छन्, जसले भिडियो कलमा आधारित कुराकानीलाई बढावा दिएको छ। वैज्ञानिकहरूले भिडियो कलले हाम्रो मस्तिष्कको क्षमतालाई असर गर्ने चेतावनी दिएका छन्। येल विश्वविद्यालयले सो विषयमा अध्ययनको कार्य गरेको छ। जसले आमुन्नेसामुन्ने भएर गरिने कुराकानीले हाम्रो प्राकृतिक सञ्चारलाई कसरी आकार दिन्छ भनेर बताउँछ। यसको अर्थ भिडियो कलिङले यस प्राकृतिक सञ्चारको क्षमतालाई विकृत गरिरहेको छ।

    कसरी? भिडियो कलिङले हाम्रो मस्तिष्कको क्षमतालाई असर गर्छ भनी यस अध्ययनले बताएको छ। यसमा कसैसँग कुराकानी, वा अन्तरक्रिया गर्ने क्षमतामा असर पार्नेछ। अध्ययनका वरिष्ठ लेखक जोई हिर्शकाअनुसार हाम्रो दिमागमा सामाजिक प्रणाली बढी सक्रिय हुन्छ र वास्तविक, आमुन्ने-सामुन्ने वा व्यक्तिगत अन्तरक्रियामा राम्रोसँग काम गर्छ।

    अध्ययनकाअनुसार अनुहार अनलाईनमा देख्दा मस्तिष्कको यो सामाजिक तंत्रिका गतिविधि (सोशल न्यूरल एक्टिभिटी प्रत्यक्ष वा आमनेसामने कुराकानीको रूपमा सक्रिय हुने जस्तो सक्रिय रहँदैन्। अध्ययनको लागि, हर्शको टोलीले दुई तरिकामा प्रयोग गर्यो। एउटामा, प्रत्यक्ष कुराकानी रेकर्ड गरिएको थियो जसमा दुई व्यक्तिहरू वास्तवमा एकअर्काको आमुन्नेसामुन्ने भएर कुराकानी गरिरहेका छन्, र उनीहरूको न्यूरल प्रणाली पनि रेकर्ड भइरहेको छ। जबकि दोस्रोमा पनि दुईजनाले आपसमा कुरा गरिरहेका छन् तर जूममा भिडियो कन्फरेन्सिङमार्फत कुरा गरिरहेका छन् ।

    यस प्रयोगबाट, यो पत्ता लाग्यो कि कुराकानीको क्रममा तंत्रिका संकेतहरू पठाउने प्रक्रिया जुममा सञ्चालन भइरहेको कुराकानीमा धेरै कम भएको थियो, जबकि यो प्रत्यक्ष एक आपसमा गरिएको कुराकानी अन्तरक्रियामा धेरै बढी थियो। आमुन्नेसामुन्ने कुराकानीमा मानिससँग अर्को व्यक्तिलाई हेर्नको लागि बढी समय हुने र अर्को व्यक्तिको उपस्थिति ठूलो मात्रामा फैलिने भएकाले मस्तिष्कले बढी सङ्केत पठाउने गरेको निष्कर्ष निकालिएको थियो ।

    यसले ईसीजी गतिविधिलाई पनि बढाउँछ जसले अनुहार प्रशोधन गर्ने क्षमता देखाउने अनुसन्धान प्रतिवेदनमा उल्लेख छ। समग्रमा, अध्ययनले भिडियो कलिङले हाम्रो मस्तिष्कको अनुहारको प्रशोधन क्षमता घटाउने गरेको बताएको छ।


    प्रतिक्रिया दिनुहोस