बिहीबार , असोज २९ गते २०८३
  • यो साता चर्चामा :
  • बागमती र गण्डकीमा बिहानैदेखि वर्षा, कस्तो रहला दिनभर मौसम ?


    हुलाक प्रेस

    • बुधबार, साउन ९ २०८१०८:५६
    बागमती र गण्डकीमा बिहानैदेखि वर्षा, कस्तो रहला दिनभर मौसम ?

    काठमाडौं । वाग्मती र गण्डकी प्रदेशका केही स्थानमा बिहानैदेखि वर्षा भइरहेको छ । बाँकी प्रदेशका एकदुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार देशभर साधारणतया बदली छ । 
      
    विभागले दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहने जनाएको छ । कोसी, वाग्मती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । 

    बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।  

    विभागका अनुसार राति देशभर आंशिकदेखि साधारणतया बदली रहनेछ । वाग्मती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा तथा बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । 

    कर्णाली प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना छ ।


    प्रतिक्रिया दिनुहोस