बुधबार, असोज २८ गते २०८३
  • यो साता चर्चामा :
  • घटेन मूल्यवृद्धिः तीन महिनाको तथ्यांक भन्छ- ७.५ प्रतिशत कायमै


    हुलाक प्रेस

    • शुक्रबार, कात्तिक २४ २०८००२:४६
    घटेन मूल्यवृद्धिः तीन महिनाको तथ्यांक भन्छ- ७.५ प्रतिशत कायमै

    काठमाडौं । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तीन महिनाको तथ्यांकअनुसार उपभोक्ता मूल्य सूचकांकमा आधारित मुद्रास्फीति ७.५० प्रतिशत देखिएको छ।

    आर्थिक वर्ष २०८०–८१को पहिलो तीन महिनाको तथ्यांकमा सरकार महँगी नियन्त्रणमा प्रभावकारी हुन नसकेको देखिएको हो। सरकारले ६ अंकभन्दा तल मुल्यवृद्धि राख्ने दाबी पटक–पटक गर्ने गरेपछि राष्ट्र बैंकको तथ्यांकले भने करिब ८ प्रतिशततिर मूल्यवृद्धि पुग्न लागेको देखिएको छ। 

    त्यस्तै आयात १.७ प्रतिशतले बढेको छ भने निर्यातन २.३ प्रतिशतले घटेको छ। कूल वस्तुको व्यापार घाटा २.१ प्रतिशले बढेको छ। विप्रेषण आप्रवाह नेपाली रुपैयाँमा ३० प्रतिशतले र अमेरिकी डलरमा २५.९ प्रतिशतले बढेको राष्ट्र बैंकको तथ्यांकमा उल्लेख छ।

    शोधनान्तर स्थिति ९९ अर्ब ७ करोड बचतमा देखिएको छ। कूल विदेशी विनियम सञ्चिती १ सय ६४३ अर्ब ९ करोड  र अमेरिकी डलरमा १२ अर्ब ३३ करोड रहेको देखिएको छ। अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति ८.५० प्रतिशत रहेको थियो।

    समीक्षा महिनामा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ८.३८ प्रतिशत र गैर–खाद्य तथा सेवा समूहको मुद्रास्फीति ६.८१ प्रतिशत रहेको छ।


  • सम्बन्धित विषय:

  • # मूल्यवृद्धि
  • प्रतिक्रिया दिनुहोस