बिहीबार , असोज २९ गते २०८३
  • यो साता चर्चामा :
  • एक वर्षमा वाणिज्य बैंकहरुले कमाए ६४ अर्ब १५ करोड, १० बैंकको नाफा बढ्दा १० को घट्यो (सूचीसहित)


    हुलाक प्रेस

    • मंगलबार, साउन २२ २०८१०९:२६
    एक वर्षमा वाणिज्य बैंकहरुले कमाए ६४ अर्ब १५ करोड, १० बैंकको नाफा बढ्दा १० को घट्यो (सूचीसहित)

    काठमाडौं । वाणिज्य बैंकहरुले गत आर्थिक वर्ष २०८०/८१ मा ६४ अर्ब १५ करोड रुपैयाँ मुनाफा आर्जन गरेका छन् । बैंकहरुले हालसम्म सार्वजनिक गरेको अपरिष्कृत वित्तीय विवरण अनुसार उक्त नाफा आर्जन गरेका हुन् । 

    वाणिज्य बैंकहरुले गत आर्थिक वर्षमा अघिल्लो आर्थिक वर्षको तुलनामा आफ्नो नाफामा १३.४० प्रतिशतले वृद्धि गरेका छन् । जबकि वाणिज्य बैंकहरुले आघिल्लो आर्थिक वर्षमा ५६ अर्ब ५७ करोड ४४ लाख रुपैयाँ नाफा आर्जन गरेका छन् ।

    सो अवधिमा सबैभन्दा बढी नाफा कमाउनेमा नबिल बैंक अग्रस्थानमा छ । नबिल बैंकले अघिल्लो आर्थिक वर्षको तुलनामा आफ्नो नाफामा १०.२३ प्रतिशतले सुधार गर्दै ७ अर्ब ६ करोड रुपैयाँ नाफा आर्जन गरेको छ । यसैगरी दोस्रोमा ग्लोबल आइएमई बैंकले सबैभन्दा बढी ६ अर्ब १ करोड ६२ लाख रुपैयाँ नाफा आर्जन गरेको छ ।

    तर अघिल्लो आर्थिक वर्षको तुलनामा भने प्रभु बैंकले आफ्नो नाफामा उल्लेखनीय सुधार गरेको छ । सो बैंकले आफ्नो नाफामा १४९९.०४ प्रतिशतले वृद्धि गर्दै ४ अर्ब ४८ करोड ८ लाख रुपैयाँ कमाएको छ ।

    यसैगरी नाफा वृद्धिदरका हिसाबले कुमारी बैंक दोस्रो स्थानमा रहेको छ । अघिल्लो वर्षको तुलनामा कुमारी बैंकले नाफा ३४५.६७ प्रतिशतले बढाउँदै २ अर्ब ३० करोड ८२ लाख रुपैयाँ कमाएको छ भने नाफा वृद्धिदरमा प्राईम कमर्सियल बैंक तेस्रो स्थानमा रहँदै २६७.१९ प्रतिशतले वृद्धि गरी ३ अर्ब ७७ करोड ४३ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ ।

    C banks profit.jpg


    प्रतिक्रिया दिनुहोस