बुधबार, असोज २८ गते २०८३
  • यो साता चर्चामा :
  • चन्द्रागिरि हिल्सको नाफा ६३ प्रतिशत बढयो


    हुलाक प्रेस

    • शुक्रबार, कात्तिक २४ २०८००५:१५
    चन्द्रागिरि हिल्सको नाफा ६३ प्रतिशत बढयो

    काठमाडौं । केबलकार सञ्चालन गर्दै आएको चन्द्रागिरि हिल्स कम्पनीको नाफा ६३ प्रतिशत बढेको छ ।

    कम्पनीले सार्वजनिक गरेको चालु आर्थिक वर्षको पहिलो त्रैमासिक वित्तीय विवरणअनुसार तीन महिनामा २ करोड १३ लाख रुपैयाँ खुद नाफा कमाएको छ । गत वर्षको यो अवधिमा कम्पनीको खुद नाफा १ करोड ३१ लाख रुपैयाँ थियो ।

    सञ्चालन आम्दानीमा आएको वृद्धि र वित्तीय लागत घट्दा कम्पनीको नाफामा टेवा पुगेको छ । कम्पनीको सञ्चालन आम्दानी गत वर्षको पहिलो त्रैमासमा १८ करोड ६४ लाख रुपैयाँ रहेकोमा यो वर्षको सो अवधिमा २० करोड ६१ लाख पुगेको छ ।

    वित्तीय लागत भने कम्पनीले ७ प्रतिशत घटाएको छ । कम्पनीको वार्षिक प्रतिसेयर आम्दानी पनि ३ रुपैयाँ ४२ पैसाबाट बढेर ५ रुपैयाँ ५७ पैसा पुगेको छ ।

    त्यस्तै प्रतिसेयर नेटवर्थ ७५ रुपैयाँ १४ पैसाबाट बढेर ८६ रुपैयाँ ११ पैसा कायम भएको छ । पर्यटन क्षेत्रको यो कम्पनीको हाल सेयर बजारमा मूल्य प्रतिकित्ता १ हजार ७७ रुपैयाँ छ ।


    प्रतिक्रिया दिनुहोस