बिहीबार , असोज २९ गते २०८३
  • यो साता चर्चामा :
  • जिल्ला अदालतका ३५ न्यायाधीश नियुक्तिको सिफारिस(सूचीसहित)


    हुलाक प्रेस

    • शुक्रबार, साउन २५ २०८१०७:००
    जिल्ला अदालतका ३५ न्यायाधीश नियुक्तिको सिफारिस(सूचीसहित)

    काठमाडौं । न्याय परिषद्ले ३५ जना जिल्ला न्यायाधीश नियुक्तिका लागि सिफारिस गरेको छ। शुक्रबार बसेको परिषद्को बैठकले जिल्ला अदालतका ३५ जना न्यायाधीश नियुक्तिका लागि सिफारिस गरेको एक सदस्यले जानकारी दिए।

    न्याय परिषद्का पदाधिकारीबीच अनौपचारिक छलफलमा न्याय, सरकारी वकिल र कानुन समूहबाट कति जना समावेश गर्ने भन्ने छलफल चलेको थियो । 

    सबै सेवा समूह, वरीयता, समावेशिता आदिका आधारमा न्यायाधीश छनोट गरिएको परिषद्का ती सदस्यले जानकारी दिए।

    उच्च र सर्वोच्च अदालतमा पनि नियुक्तिका विषयमा तयारी चलिरहे पनि टुंगोमा पुग्न अझै केही समय लाग्नसक्नेछ।

    उच्च अदालतमा कम्तीमा १० जना न्यायाधीशको पद खाली छ। सर्वोच्च अदालतमा ४ न्यायाधीशको पद रिक्त छ।


    यी हुन् जिल्ला न्यायाधीशमा सिफारिस भएकाहरू-

    नारायण रिमाल, जिल्ला न्यायाधिवक्ता, जिल्ला सरकारी वकिल कार्यालय, ताप्लेजुङ
    यामबहादुर बानियाँ, जिल्ला न्यायाधिवक्ता, जिल्ला सरकारी वकिल कार्यालय, नुवाकोट
    रुद्रप्रसाद सुवेदी, उपन्यायाधियक्ता, महान्यायाधिवक्ताको कार्यालय
    धर्मराज पौडेल, जिल्ला न्यायाधिवक्ता, जिल्ला सरकारी वकिल कार्यालय, बारा
    टंकबहादुर महत, उपसचिव, प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय
    सुवर्णमान बनेपाली, उपन्यायाधिवक्ता, अख्तयार दुरुपयोग अनुसन्धान आयोग
    तीर्थराज भट्ट, रजिस्ट्रार, उच्च अदालत दिपायल, महेन्द्रनगर इजलास
    सरिता रायमाझी, उपसचिव, युवा तथा खेलकुद मन्त्रालय
    प्रतिमाकुमारी भट्टराई पोखरेल, उपन्यायाधिवक्ता, उच्च सरकारी वकिल कार्यालय, पाटन
    शिवप्रसाद पराजुली, स्रेस्तेदार, रोल्पा जिल्ला अदालत
    लालसिंह थापा, इजलास अधिकृत, सर्वोच्च अदालत (काज: उच्च अदालत पोखरा, बागलुङ इजलास)
    शम्भुप्रसाद रेग्मी, इजलास अधिकृत, सर्वोच्च अदालत
    दीपेन्द्रनाथ योगी, स्रेस्तेदार, जुम्ला जिल्ला अदालत
    दुर्गाप्रसाद बस्याल, इजलास अधिकृत, सर्वोच्च अदालत
    दीपक धिताल, इजलास अधिकृत, सर्वोच्च अदालत
    मेघनाथ चापागाई, उपसचिव, न्याय परिषद् सचिवालय
    मीनबहादुर कुँवर, इजलास अधिकृत, सर्वोच्च अदालत
    इन्द्रकुमार खड्का, इजलास अधिकृत, सर्वोच्च अदालत
    नवराज कार्की, इजलास अधिकृत, सर्वोच्च अदालत
    राजु ढुंगाना, स्रेस्तेदार, पर्वत जिल्ला अदालत
    हरिसिंह धामी, उपसचिव, कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालय
    अरुण कुमार झा, उपसचिव, प्रदेश सभा सचिवालय, मधेश प्रदेस
    डोलनाथ न्यौपाने, इजलास अधिकृत, सर्वोच्च अदालत
    दुर्गाप्रसाद भट्टराई, स्रेस्तेदार, ललितपुर जिल्ला अदालत
    ईश्वर आचार्य, अनुसन्धान अधिकृत, सर्वोच्च अदालत
    मोहनबहादुर अधिकारी, उपरजिस्ट्रार, सर्वोच्च अदालत
    नारदप्रसाद भट्टराई, स्रेस्तेदार, सुनसरी जिल्ला अदालत
    गोपालप्रसाद थापा, फैसला कार्यान्वयन अधिकारी, काठमाडौँ जिल्ला अदालत
    चन्द्रदेव भारती, स्रेस्तेदार, कालिकोट जिल्ला अदालत
    ठाकुरप्रसाद पौडेल, उपरजिस्ट्रार, सर्वोच्च अदालत
    ऋतबहादुर पुलामी मगर, स्रेस्तेदार, भक्तपुर जिल्ला अदालत
    जयन्ती अवस्थी भट्ट, इजलास अधिकृत, सर्वोच्च अदालत
    दीक्षा प्रधानांग, सम्पादक, सर्वोच्च अदालत
    शारदादेवी पौडेल, स्रेस्तेदार, सिन्धुपाल्चोक जिल्ला अदालत
    देवी चौधरी, स्रेस्तेदार, राजस्व न्यायाधिकरण काठमाडौँ


    प्रतिक्रिया दिनुहोस