बुधबार, असोज २८ गते २०८३
  • यो साता चर्चामा :
  • हैजा संक्रमितको संख्या ५० पुग्यो


    हुलाक प्रेस

    • मंगलबार, साउन २९ २०८१०९:१७
    हैजा संक्रमितको संख्या ५० पुग्यो

    काठमाडौँ । देशभरका पाँच जिल्लाका ५० जनामा हैजा सङ्क्रमण भएको छ । जसमध्ये ललितपुरका मात्र ३८ जना रहेका छन् ।

    यस्तै, कैलालीमा ८ जना, काठमाडौँमा २ जना र प्युठानका २ जनालाई हैजाको सङ्क्रमण पुष्टि भएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी)ले जनाएको छ ।  

    बर्खायाममा खानेपानीसँग दूषित पानी मिसिने सम्भावना हुन्छ । पानीकै कारण खानेकुरा दूषित हुने भएकाले यसले हैजासहित पानीजन्य रोग फैलिने जोखिम हुन्छ । त्यसैले यो मौसममा खानेपानीको शुद्धतामा ध्यान दिन आग्रह गरिएको छ ।


    प्रतिक्रिया दिनुहोस