बिहीबार , असोज २९ गते २०८३
  • यो साता चर्चामा :
  • थाङ्बो हिमताल फुट्नु अघि लगातार सात दिन ६५ मिलिमिटर वर्षा 


    हुलाक प्रेस

    • सोमबार, भदौ ३ २०८१०६:५३
    थाङ्बो हिमताल फुट्नु अघि लगातार सात दिन ६५ मिलिमिटर वर्षा 

    काठमाडौं । थ्याङ्बो हिमताल फुट्दा ३२ साउनमा सोलुखुम्बुको थामे गाउँ बगाउने बाढी आएको अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (ईसीमोड)ले जनाएको छ । 

    सन् २०१७ मा युरोपियन स्पेस एजेन्सीको स्याटलाइटमार्फत गरेको अध्ययनको हवाला दिँदै ईसीमोडले थामेको माथिल्लो क्षेत्रमा रहेका हिमतालको आकार निरन्तर बढिरहेको बताएको छ ।

    ईसीमोडका अनुसार हिउँ पग्लिएर आकार बढिरहेका हिमतालहरू विस्फोटको जोखिममा छन् । थामे गाउँ बगाउने थ्याङ्बो हिमताल विस्फोट हुनु अगाडि ०.०५ वर्ग किलोमिटर क्षेत्रमा फैलिएको थियो । जल तथा मौसम विज्ञान विभागका अनुसार हिमतालहरू रहेको थामेको सिरान क्षेत्रमा ३२ साउनभन्दा अगाडि सात दिनसम्म लगातार ६५ मिलिमिटर वर्षा भएको थियो । अर्कोतिर तापक्रम पनि बढ्यो ।

    विभागका अनुसार बाढी आउने अघिल्लो दिन त्यस क्षेत्रको औसत तापक्रम करिब १६ डिग्री सेल्सियस पुग्यो । निरन्तरको वर्षा र तापक्रम वृद्धिको नतिजास्वरूप हिमताल विस्फोट भयो ।


    प्रतिक्रिया दिनुहोस