बिहीबार , असोज २९ गते २०८३
  • यो साता चर्चामा :
  • ९ महिनापछि टिकटकमाथिको प्रतिबन्ध हटाउने तयारी


    हुलाक प्रेस

    • मंगलबार, भदौ ४ २०८१०५:१६
    ९ महिनापछि टिकटकमाथिको प्रतिबन्ध हटाउने तयारी

    काठमाडौं । सरकारले छोटा भिडियो सेयर गर्न मिल्ने प्लेटफर्म टिकटकमाथिको प्रतिबन्ध हटाउने भएको छ ।

    सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले एक/दुई हप्ताभित्रै प्रतिबन्ध हटाउने तयारी भइरहेको जनाएको छ ।

    तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारले गत वर्षको कात्तिक २७ मा टिकटकमाथि प्रतिबन्ध लगाएको थियो ।

    सामाजिक सद्भाव भड्काउने काम भएको भन्दै सरकारले त्यतिबेला टिकटकमाथि प्रतिबन्ध लगाएको थियो ।

    केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकारले ९ महिनापछि टिकटकमाथिको प्रतिबन्ध हटाउने तयारी गरेको हो । प्रतिबन्ध हटाउन सञ्चार मन्त्रालयले नै मन्त्रिपरिषद्मा प्रस्ताव लैजाने तयारी गरेको छ । 

    सञ्चार मन्त्रालय स्रोतका अनुसार एक–दुई हप्ताभित्रै टिकटकमाथिको प्रतिबन्ध हटाउने गरी काम भइरहेको छ ।

    “एकदुई हप्ताभित्र टिकटकमाथिको प्रतिबन्ध हटाउने गरी छलफल र तयारी भइरहेको छ” सञ्चार मन्त्रालय स्रोतले भन्यो ।


    प्रतिक्रिया दिनुहोस