बिहीबार , असोज २९ गते २०८३
  • यो साता चर्चामा :
  • बागमतीमा जलसतहले पार गर्यो, सतर्कता अपनाउन आग्रह


    हुलाक प्रेस

    • बुधबार, भदौ ५ २०८१११:३४
    बागमतीमा जलसतहले पार गर्यो, सतर्कता अपनाउन आग्रह

    काठमाडौं । काठमाडौंको वागमती नदी गौरीघाट जलमापन केन्द्रमा जलसतहले सतर्कता तह पार गरेको छ । 

    जलसतह बढ्दो क्रममा रहेकाले तटीय क्षेत्रमा रहनेहरू र वागमती कोरिडोरबाट यात्रा गर्दा उच्च सतर्कता अपनाउन जल तथा मौसम विज्ञान विभागले आग्रह गरेको छ । 

    काठमाडौंमा गए रातिदेखि नै वर्षा भइरहेको छ । धोवी खोला र विष्णमतीमा पनि बाढी आएको छ । 

    मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको केही उत्तरतर्फ रहेका कारण देशका धेरै स्थानमा वर्षा भइरहेको छ । न्यूनचापीय रेखा सरदर स्थानबाट उत्तरतर्फ सर्दा मनसुन थप सक्रिय भएर भारी वर्षा हुन्छ ।
     

     


    प्रतिक्रिया दिनुहोस