बिहीबार , असोज २९ गते २०८३
  • यो साता चर्चामा :
  • नेपाली नागरिकले विदेशमा बैंक खाता खोल्न र लगानी गर्न पाइँदैनः राष्ट्र बैंक


    हुलाक प्रेस

    • बुधबार, भदौ ५ २०८१११:४९
    नेपाली नागरिकले विदेशमा बैंक खाता खोल्न र लगानी गर्न पाइँदैनः राष्ट्र बैंक

    काठमाडौं । नेपाल राष्ट्र बैंकले कुनै पनि नेपाली नागरिकले विदेशमा बैंक खाता खोल्न, घरजग्गा तथा अन्य कुनै पनि किसिमको लगानी गर्न प्रतिबन्ध लगाइएकोबारे जानकारी गराएको छ ।

    केन्द्रिय बैंकले मंगलबार एक जानकारीमुलक सूचना जारी गर्दै विदेशी विनिमय (नियमित गर्ने) ऐन, २०१९ तथा विदेशमा लगानी गर्न प्रतिबन्ध लगाउने ऐन, २०२१ को व्यवस्था बमोजिम कुनै पनि नेपाली नागरिकले विदेशमा बैंक खाता खोल्न, घरजग्गा तथा अन्य कुनै पनि किसिमको लगानी गर्न प्रतिबन्ध लगाईएको बारे जानकारी गराएको हो ।

    तर, नेपाली नागरिकले विदेशमा रहँदाबस्दाको अवधिसम्म त्यहाँ आर्जन गरेको रकम विदेशस्थित बैंकमा खाता खोली रकम जम्मा गर्न भने सक्ने व्यवस्था रहेको केन्द्रिय बैंकले जानकारी दिएको छ ।


    प्रतिक्रिया दिनुहोस