बिहीबार , असोज २९ गते २०८३
  • यो साता चर्चामा :
  • नियमविपरीत नदीजन्य पदार्थ संकलन गर्नेलाई १६ लाख जरिबाना


    हुलाक प्रेस

    • बिहीबार , भदौ ६ २०८१०८:४६
    नियमविपरीत नदीजन्य पदार्थ संकलन गर्नेलाई १६ लाख जरिबाना

    गलकोट । नियमविपरीत उत्खनन गरी नदीजन्य पदार्थ संकलन गर्नेलाई जिल्ला समन्वय समितिले स्थानीय तहको सहयोगमा कारबाही थालेको छ । 

    बागलुङ नगरपालिकाले कालाखोला बगर, भाटेखोला बगर, दब्ल्याङ बगर, खनियाघाटलगायत बगरबाट अवैध रूपमा उत्खननन गरी बालुवा तथा ढुंगा संकलन गर्नेलाई कारबाही गर्न थालेको छ । 

    नगरपालिकाले जरिबानास्वरुप क्रसर व्यवसायी तथा नदीजन्य पदार्थको अवैध दोहन गर्नेबाट १६ लाख २२ हजार रुपैयाँ राजस्व संकलन गरेको छ । 

    असारदेखि भदौ १५ गतेसम्म नदीजन्य पदार्थ निकाल्न नपाइने कानुनी व्यवस्था तथा कालीगण्डकी नदीमा नदीजन्य पदार्थको ठेक्का लगाउन नपाइने सर्वोच्च अदालतको आदेशविरुद्धमा नदीजन्य पदार्थको उत्खनन भइरहेपछि जिल्ला समन्वय समितिले निगरानी बढाएको छ । 

    जिल्ला समन्वय समितिका प्रमुख अमरबहादुर थापाले राज्यलाई कर छलेर अवैध रूपमा उत्खनन गरेर थुपारेका बालुका र ढुंगाको परिणाम मूल्यांकन गरी नगरपालिकालाई दण्ड तथा जरिबाना गर्न निर्देशन दिइएको बताए । 

    बागलुङ नगरपालिका राजस्व शाखा प्रमुख काशिराम शर्माका अनुसार १३ स्थानमा स्र्रंकलन गरेको बालुवा तथा ढुंगाको राजस्व संकलनका लागि मूल्यांकन भइरहेको छ ।  

    जिल्ला समन्वय समितिको रोहबरमा नगरपालिका क्षेत्रका १३ स्थानमा अवैध रूपमा उत्खनन गरिएको बालुवा तथा ढुंगा संकलनकर्तालाई  जरिबाना तिराउन मूल्यांकन भइरहेको नगरपालिकाका इन्जिनियर सोबिन घर्तीले जानकारी दिए । रासस

     


    प्रतिक्रिया दिनुहोस