बिहीबार , असोज २९ गते २०८३
  • यो साता चर्चामा :
  • सरकारले सेयर बजारबाट एक महिनामै ४.२४ अर्ब राजस्व कमायो


    हुलाक प्रेस

    • बुधबार, भदौ १२ २०८११०:४८
    सरकारले सेयर बजारबाट एक महिनामै ४.२४ अर्ब राजस्व कमायो

    काठमाडौं । चालु आर्थिक वर्षको पहिलो महिनामा नै सरकारले सेयर बजारबाट ४ अर्ब २४ करोड राजश्व उठाएको छ । एक महिनाको अवधिमा बजार एक हजार अंकले बढ्दा लगानीकर्ताहरुले सरकारलाई ४ अर्ब बढीको राजश्व तिरेका हुन् ।  

    गत आर्थिक वर्ष २०८०/८१ मा सरकारले पूँँजीबजारबाट ५ अर्ब ५० करोड ७७ लाख रुपैयाँबराबरको राजश्व संकलन गरेको थियो । यो रकम आर्थिक वर्ष २०७९/८० को तुलनामा ४६ प्रतशितले बढी हो ।  

    आर्थिक वर्ष २०७९/८० मा सरकारले पूँजीबजारबाट जम्मा २ अर्ब ९७ करोड राजश्व संकलन गरेको थियो ।  

    सरकारले पूँँजीबजारबाट आर्थिक वर्ष २०७८/७९ मा १० अर्ब ३५ करोड र आर्थिक वर्ष २०७७/७८ मा भने सरकारले १५ अर्ब भन्दा बढीको राजश्व उठाएको थियो । त्यस वर्ष सेयर बजार हालसम्मै उच्च विन्दु ३२ सय विन्दु पुगेको थियो । त्यस वर्ष एकै दिन २१ अर्बमाथिको कारोबार भएको थियो ।  

    सेयर बजारमा दीर्घकालीन भन्दा अल्पकालिन लगानीकर्ताले बढी पूँजीगत कर तिरेका हुन्छन् । अल्पकालिन लगानीकर्ताले नाफा भएको खण्डमा साढे ७ प्रतिशत र दीर्घकालिन लगानीकर्ताले ५ प्रतशित पूँजीगत कर तिर्दै आएका छन् । संस्थागत लगानीकर्ताले भने हाल १० प्रतिशत पूँजीगत लाभकर तिर्दै आएका छन् ।


    प्रतिक्रिया दिनुहोस