बिहीबार , असोज २९ गते २०८३
  • यो साता चर्चामा :
  • एक महिनामै २ हजार ९७६ डेंगु संक्रमित थपिए


    हुलाक प्रेस

    • बिहीबार , भदौ १३ २०८१०६:५३
    एक महिनामै  २ हजार ९७६ डेंगु संक्रमित थपिए

    काठमाडौं । पछिल्ला २७ दिनमा देशभर दुई हजार ९७६ जना डेंगी संक्रमित थपिएका छन् । १ देखि २७ अगष्टसम्म सो संख्यामा संक्रमित भएका हुन् । जनवरीयता डेंगी संक्रमणबाट तीनजनाको मृत्यु भएको छ ।

    योसँगै देशभर डेंगी संक्रमितको संख्या पाँच हजार ५८९ पुगेको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी)ले जनाएको छ ।  

    गण्डकी प्रदेशमा सबैभन्दा धेरै दुई हजार ४४० जनामा संक्रमण देखिएको छ । जिल्लागत रूपमा तनहुँमा सबैभन्दा धेरै एक हजार ६७ जनामा संक्रमण पुष्टि भएको छ ।  

    यस्तै, कास्कीमा ५३६, चितवनमा ४६८, काठमाडौंमा ४६६, पर्वतमा ३१७, गोरखामा २०८, झापामा १६० र मकवनापुरमा १११ जना संक्रमित भएका छन् । यीबाहेक अन्य जिल्लामा संक्रमितको संख्या १०० भन्दा कम छ । 

    यो वर्ष डेंगी ७५ जिल्लामा देखिएको छ । हुम्ला र डोल्पाबाहेक सबै जिल्लामा डेंगी देखिएको ईडीसीडीले जनाएको छ । 


    प्रतिक्रिया दिनुहोस