बिहीबार , असोज २९ गते २०८३
  • यो साता चर्चामा :
  • सानिमा बैंकले माग्यो कर्मचारी, कहिलेसम्म छ आवेदन दिने समय ?


    हुलाक प्रेस

    • शुक्रबार, भदौ १४ २०८१०८:३६
    सानिमा बैंकले माग्यो कर्मचारी, कहिलेसम्म छ आवेदन दिने समय ?

    काठमाडौं । सानिमा बैंक लिमिटेडले असिस्टेन्ट ट्रेनी र जुनियर असिस्टेन्ट ट्रेनी पदका लागि कर्मचारी मागेको छ । बैंकले सबै प्रदेशमा रहेको शाखा कार्यालयाका लागि यी दुवै पदमा केही संख्यामा कर्मचारी माग गरेको हो ।  

    असिस्टेन्ट ट्रेनी पदका लागि व्यवस्थापन संकायमा ४५ प्रतिशत अथवा २.७५ सिजीपीए ल्याएर स्नातक गरेको हुनु पर्नेछ । आवेदकको उमेर २५ वर्ष पुरा नभएको हुनु पर्नेछ । तर वाणिज्य बैंकमा १० महिना काम गरेको अनुभव भएकाको उमेर भने २८ वर्ष नकटेको हुनु पर्नेछ ।  

    यस्तै जुनियर असिस्टेन्ट ट्रेनी पदका लागि सेकेण्ड डिभिजन अथवा २.४ सिजीपीए ल्याई १२ कक्षा उत्र्तीण गरेको हुनु पर्नेछ । बैंकले गाँउपालिकामा रहेका शाखा कार्यालयहरुका लागि जुनियर असिस्टेन्ट मागेको हो । आवेदकको उमेर २५ वर्ष पुरा नभएको हुनु पर्नेछ ।  

    दुवै पदका लागि आवेदन दिने अन्तिम मिति भदौ २७ गते तोकिएको छ । 


    प्रतिक्रिया दिनुहोस