बिहीबार , असोज २९ गते २०८३
  • यो साता चर्चामा :
  • मुनालाई गोली हान्ने बबी सिंहलाई मृत्युदण्ड हुन सक्ने !


    हुलाक प्रेस

    • शुक्रबार, भदौ १४ २०८११२:५९
    मुनालाई गोली हान्ने बबी सिंहलाई मृत्युदण्ड हुन सक्ने !

    काठमाडौं । अमेरिकाको टेक्ससमा नेपाली विद्यार्थी मुना पाण्डेलाई गोली हानी हत्या आरोपमा बबी सिंह पक्राउ परेका छन् । उनलाई जघन्य हत्याको आरोप लगाइएको अमेरिकी सञ्चारमाध्यमहरुले जनाएका छन् ।

    जघन्य हत्या अभियोगमा अमेरिकामा मृत्युदण्डसम्मको सजाय हुन सक्ने कानुनी व्यवस्था रहेको छ ।

    लुटपाटको क्रममा उनको हत्या भएको हुन सक्ने अदालती कागजमा उल्लेख गरिएको भए पनि पुष्टि भने हुन सकेको छैन । बबी सिंह शाह ५१ वर्षका रहेको बताइएको छ । उनलाई गैरकानुनी हतियार बोकेको आरोप पनि लगाइएको छ ।

    प्रहरीले मुनाको हत्यामा संलग्न फोटो सार्वजनिक गरेलगत्तै पक्राउ परेका थिए । ट्राफिक स्टपमा उनलाई पक्राउ गरिएको ह्युष्टन प्रहरीलाई उद्धृत गर्दै समाचारहरुमा जनाइएको छ । प्रहरीले बुधबार बिहान संदिग्ध हत्याराको फुटेज सार्वजनिक गरेपछि साँझ नै सिंह पक्राउ परेका हुन् ।


    प्रतिक्रिया दिनुहोस