काठमाडौं । नेपाल सरकारको ८ वटा मन्त्रालयहरुको वेबसाइट कुनै पनि राम्रोसँग खुल्न सकिरहेको छैन । केही वेबसाइट खुले पनि सुरक्षित तरिकाले खुल्दैनन् ।
केही समयअघिसम्म रक्षा; शिक्षा, विज्ञान तथा प्रविधि ; कानून, न्याय तथा संसदीय मामिला; भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण ;महिला, बालबालिका तथा ज्येष्ठ नागरिक; युवा तथा खेलकुद; ऊर्जा, जलस्रोत तथा सिंचाइ र वन तथा वातावरण मन्त्रालयका वेबसाइट खोल्न खोज्दा सर्भिस ‘अनअभाइलेबल’ देखाउने गरेको थियो।
८ मध्ये धेरैजसो वेबसाइट खुल्ने तर अगाडिको एचटीटीपीएस काटिएर रातो अक्षरमा ‘नट सेक्योर्ड’ लेखेर आउने गरेको छ भने १/२ ओटा वेबसाइट अझै ‘सर्भिस अनअभाइलेबल’ कै अवस्थामा रहेका छन्।
यसरी असुरक्षित देखिएका वेबसाइटमा देखिएका not secure क्लिक गर्दा आफ्ना पासवर्ड, क्रेडिट कार्ड नम्बर लगायतका संवेदनशील सूचना नराख्न सचेत गराइएको छ। राखेमा साइबर हमलाकारीले ह्याक गर्न वा चोर्न सक्ने चेतावनीसमेत दिइएको छ।