बिहीबार , असोज २९ गते २०८३
  • यो साता चर्चामा :
  • नेप्से ६.९० अंकले बढ्यो


    हुलाक प्रेस

    • मंगलबार, भदौ १८ २०८१०६:२५
    नेप्से ६.९० अंकले बढ्यो

    काठमाडौं । धितोपत्र दोस्रो बजार मापक नेप्से परिसूचक मंगलबार ६.९० अंकले बढेर बन्द भएको छ । दिनभरि नै धितोपत्र दोस्रो बजार कारोबारमा उतारचढाव देखिएको थियो । अन्तिममा बजार बढेर २८३०.१६ विन्दुमा बन्द भएको नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले जनाएको छ ।

    यस दिन १३ अर्ब ५७ करोड ७१ लाख रुपैयाँको धितोपत्र कारोबार भयो । सोमबार १३ अर्ब १० करोड रुपैयाँको सेयर कारोबार भएको थियो ।

    कारोबारमा आएका १३ मध्ये पाँच समूहको परिसूचक बढेको छ । निर्जीवन बिमा समूहको ४.७८, जीवन बिमाको २.२८, विकास बैंकको १.३२, होटेल तथा पर्यटनको ०.६५ र माइक्रोफाइनान्स समूहको परिसूचक ०.३६ प्रतिशतले बढेको छ ।

    परिसूचक सर्वाधिक घट्नेमा फाइनान्स समूह छ । यो समूहको परिसूचक १.५७ प्रतिशतले घटेको छ ।

    सात कम्पनीको सेयर मूल्य १० प्रतिशतले वृद्धि भएको छ । डोल्टीपावर कम्पनी र हिमालयन पावर पार्टनरको सेयर मूल्य ८ प्रतिशतभन्दा बढीले घटेको छ ।

    मंगलबार १०६ कम्पनीको सेयर मूल्य बढेको छ । १३३ कम्पनीको सेयर मूल्य घटेको छ । पाँच कम्पनीको सेयर मूल्य स्थिर छ ।


    प्रतिक्रिया दिनुहोस