बिहीबार , असोज २९ गते २०८३
  • यो साता चर्चामा :
  • यी हुन यो साता उच्च आम्दानी गर्ने १० कम्पनी


    हुलाक प्रेस

    • शुक्रबार, भदौ २१ २०८१०९:४३
    यी हुन यो साता उच्च आम्दानी गर्ने १० कम्पनी

    काठमाडौं । यो साताका सेयर बजारमा सर्वाधिक सेयरमूल्य बढ्ने शीर्ष १० कम्पनीमा अधिकांश माइक्रोफाइनान्स कम्पनी परेका छन् । यो साता विन नेपाल लघुवित्तको लगानीकर्ताले सर्वाधिक कमाएका छन् । 

    यो कम्पनीका लगानीकर्ताले यो साता करिब ३६ प्रतिशत कमाएका छन् । त्यस्तै दोस्रो स्थानमा रहेको  इष्टन हाइड्रो पावरका लगानीकर्ताहरुले २७.९६ प्रतिशत, आत्म निर्भर लघुवित्तका लगानीकर्ताहरुले २७ प्रतिशत, एनएलजी इन्स्योरेन्स कम्पनीका लगानीकर्ताहरुले २६.६७ प्रतिशत, एक्सल डेभलपमेन्टका लगानीकर्ताहरुले ११.६६ प्रतिशत, मानुषी लघुवित्तका लगानीकर्ताहरुले १८ प्रतिशत, कर्पोरेट डेभलपमेन्टका लगानीकर्ताहरुले १६.५९ प्रतिशत, समाज लघुवित्तका लगानीकर्ताहरुले १६.४३ प्रतिशत, सुपर माई लघुवित्तका लगानीकर्ताहरुले १६ प्रतिशत, मातृभूमि लघुवित्तका लगानीकर्ताहरुले १५.३४ प्रतिशत रहेको छ ।

    त्यसैगरि यो साता नेपाल फाइनान्स र माईखोला हाईड्रोका लगानीकर्ताहरुले सर्वाधिक अर्थात क्रमश २०.८९ र २०.५९ प्रतिशले गुमाएका छन् ।  


    प्रतिक्रिया दिनुहोस