शुक्रबार, असोज ३० गते २०८३
  • यो साता चर्चामा :
  • आमा-बुवा बने दीपिका र रणवीर


    हुलाक प्रेस

    • सोमबार, भदौ २४ २०८१०८:३६
    आमा-बुवा बने दीपिका र रणवीर

    काठमाडौं । बलिउडको चर्चित जोडी दीपिका पादुकोण र रणवीर सिंह आमा-बुवा बनेका छन् ।

    उनीहरूलाई पहिलो सन्तानको रुपमा पुत्रीलाभ भएको हो । शनिबार दिउँसो मुम्बईको गुरगाउँ क्षेत्रस्थित एचएन रिलायन्स अस्पतालमा भर्ना भएकी दीपिकाले आइतबार छोरी जन्माएकी हुन् ।

    दीपिका पादुकोण अस्पतालमा भर्ना हुनुअघि मुम्बईको प्रतिष्ठित सिद्धिविनायक मन्दिरमा भगवान् गणेशको आशीर्वाद लिन पनि पुगेकी थिइन् । दीपिका र रणवीरले सन् २०१८ को नोभेम्बर महिनामा विवाह गरेका थिए ।


    प्रतिक्रिया दिनुहोस