बुधबार, असोज २८ गते २०८३
  • यो साता चर्चामा :
  • बलात्कार मुद्दामा सिद्धबाबाले उच्च अदालतबाट पनि सफाइ पाए


    हुलाक प्रेस

    • मंगलबार, भदौ २५ २०८११०:४४
    बलात्कार मुद्दामा सिद्धबाबाले उच्च अदालतबाट पनि सफाइ पाए

    काठमाडौँ । उच्च अदालत विराटनगरले आफ्नै अनुयायीमाथि बलात्कारको आरोप लागेका सिद्धबाबा भनिने कृष्णबहादुर गिरीलाई सफाइ दिने फैसला सुनाएको छ । 

    बलात्कार मुद्दामा अडियो रेकर्ड परीक्षण गर्ने प्राविधिकको विज्ञतामा प्रश्न उठाउँदै जिल्ला अदालत सुनसरीले उनलाई सफाइ दिएको थियो ।

    जिल्लाको फैसलाविरुद्ध सरकारी वकिलको कार्यालयले उच्च अदालत विराटनगरमा पुनरावेदन गरेको थियो । मंगलबार उच्च अदालत विराटनगरका न्यायाधीश विमल सुवेदी र राजेन्द्र अधिकारीको संयुक्त इजलासले जिल्लाको फैसला सदर गरेको हो । सरकारको अब सर्वोच्च जाने बाटो बाँकी रहेको छ।


    प्रतिक्रिया दिनुहोस