बिहीबार , असोज २९ गते २०८३
  • यो साता चर्चामा :
  • सेयर बजार २६१० अंकमा झर्‍यो, कारोबार घट्यो


    हुलाक प्रेस

    • बुधबार, भदौ २६ २०८१०५:१०
    सेयर बजार २६१० अंकमा झर्‍यो, कारोबार घट्यो

    काठमाडौं । सेयर बजार घट्ने क्रम बुधबार पनि कायमै रह्यो । अघिल्लो दिनको तुलनामा नेप्से परिसूचक २२.७३ अंक घटेर २६१० मा अडियो । कारोबार रकम ७ अर्बमुनि खुम्चिएको छ ।

    अघिल्लो दिन ७ अर्ब २४ करोडको कारोबार भएकोमा आज ६ अर्ब ८५ करोडमा सीमित भयो । ६६ कम्पनीको मूल्य बढ्दा १७४ को घट्यो भने ४ को स्थिर रह्यो ।

    फाइनान्स ०.४३, निर्जीवन बीमा ०.०१ र व्यापार ०.१६ प्रतिशत बढे । प्रतिशत बढ्यो भने अरु क्षेत्रका सूचक घटेका छन् । बैंकिङ ०.९३, विकास बैंक १.०२, होटल तथा पर्यटन ०.६०, हाइड्रोपावर ०.९२, लगानी १.८७, उत्पादन १.०१, माइक्रोफाइनान्स ०.५४, अन्य ०.६१ प्रतिशत घटे ।

    विन नेपाल लघुवित्तको १०, थ्रीस्टार हाइड्रोको ९.४ तथा समाज लघुवित्तको ६.८ प्रतिशत मूल्य बढ्यो । एसियन हाइड्रोपावरको ६.८ प्रतिशत मूल्य घट्यो । कर्पोरेट डेभलपमेन्ट बैंक, लाइफ इन्स्योरेन्स कर्पोरेसनको ४.८, मनकामना इन्जिनियरिङको ४.६ प्रतिशत मूल्य घट्यो ।

    कारोबार रकमका आधारमा सीईडीबी हाइड्रोपावर, एनएलजी इन्स्योरेन्स, ग्रिनलाइफ हाइड्रोपावर, समृद्धि फाइनान्स र एचआईडीसीएल प्रमोटर क्रमशः अगाडि रहे ।

     


    प्रतिक्रिया दिनुहोस