बिहीबार , असोज २९ गते २०८३
  • यो साता चर्चामा :
  • भोलिदेखि मनसुन पुन सक्रिय हुने, सुदुरपश्चिममा अत्याधिक वर्षाको सम्भावना


    हुलाक प्रेस

    • बुधबार, भदौ २६ २०८१०८:३१
    भोलिदेखि मनसुन पुन सक्रिय हुने, सुदुरपश्चिममा अत्याधिक वर्षाको सम्भावना

    काठमाडौं । मनसुनी प्रणालीका कारण बिहीबारदेखि देशभर वर्षाको सम्भावना छ।

    जल तथा मौसम विज्ञान विभागले बुधबार विशेष मौसम बुलेटिन जारी गर्दै भदौ २७ को साँझदेखि भदौ २९ बिहानसम्म देशमा मनसुन सक्रिय भएर वर्षा हुने सम्भावना रहेको जनाएको छ। विभागले देशको दक्षिण-पश्चिम क्षेत्रका जिल्लामा बढी वर्षा हुने सम्भावना रहेकाले सचेत हुन पनि आग्रह गरेको छ।

    भारतको मध्यप्रदेश आसपास रहेको न्यूनचापीय प्रणाली थप विकसित भई नेपालतिर सर्न लागेको र यसै कारण वर्षाको सम्भावना रहेको विभागको भनाइ छ। खासगरी, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका धेरै स्थान र बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन सहित हल्कादेखि मध्यम स्तरको वर्षाको सम्भावना छ।

    त्यस्तै, कोशी, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको विभागले जनाएको छ।

    सुदूरपश्चिमका एक-दुई स्थानमा भने अति भारी वर्षाको समेत सम्भावना छ। कैलाली, कञ्चनपुर, बाँके, बर्दिया लगायत जिल्लामा अत्यधिक पानी पर्ने आकलन छ।

    विभागले वर्षाका कारण भूक्षय, बाढीपहिरोको जोखिम रहेकाले आवश्यक सचेतना अपनाउन आग्रह गरेको छ। नेपालमा यस वर्षको मनसुन सकिन अब केही साता मात्रै बाँकी छ।


    प्रतिक्रिया दिनुहोस