बिहीबार , असोज २९ गते २०८३
  • यो साता चर्चामा :
  • लुम्बिनी र सुदूरपश्चिम प्रदेशमा अति भारी वर्षाको सम्भावना


    हुलाक प्रेस

    • बिहीबार , भदौ २७ २०८१०७:४५
    लुम्बिनी र सुदूरपश्चिम प्रदेशमा अति भारी वर्षाको सम्भावना

    काठमाडौं । देशका विभिन्न भू–भागमा आज वर्षाको सम्भावना रहेको छ । केही स्थानमा बिहानैदेखि वर्षा सुरु भएको छ । 

    वाग्मती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूपरश्चिम प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । वाग्मती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूपरश्चिम प्रदेशमा साधारणतयादेखि पूर्णतया बदली रहेको छ । बाँकी क्षेत्रमा आंशिकदेखि साधारणतया बदली छ । 

    जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो सुदूरपश्चिम प्रदेशमा साधारणतयादेखि पूर्णतया बदली रहनेछ । बाँकी प्रदेशमा आंशिकदेखि साधारणतया बदली रहनेछ । 

    सुदूरपश्चिम प्रदेशका धेरै तथा बाँकी प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । कोसी, वाग्मती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा हावाहुरीसहित भारी वर्षाको पनि सम्भावना छ । 

    विभागले राति लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा साधारणतयादेखि पूर्णतया बदली र बाँकी प्रदेशमा आंशिकदेखि साधारणतया बदली रहनेछ । 

    लुम्बिनी र सुदूरपश्चिम प्रदेशका धेरै तथा बाँकी प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।


    प्रतिक्रिया दिनुहोस