बिहीबार , असोज २९ गते २०८३
  • यो साता चर्चामा :
  • बिहीबार सेयर बजार ७८.३२ अंकले बढ्यो, कारोबारमा सुधार


    हुलाक प्रेस

    • बिहीबार , भदौ २७ २०८१०३:३१
    बिहीबार सेयर बजार ७८.३२ अंकले बढ्यो, कारोबारमा सुधार

    काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहीबार सेयर बजार ७८.३२ अंक बढेको छ ।

    ३ प्रतिशत बढेसँगै नेप्से परिसूचक २६८८ अंकमा कायम भएको छ । बजार बढ्दा कारोबार रकम पनि बढेको छ । अघिल्लो दिन ६ अर्ब ८५ करोडको कारोबार भएकोमा आज ८ अर्ब १६ करोडको भयो । अघिल्ला दिनसम्म अन्तिम समयतिर उच्च दरले घट्ने गरेको बजारमा बिहीबार भने उल्टो स्थिति देखियो । १:४६ बजेदेखि बजार उच्च दरले उकालो लाग्यो ।

    २२९ कम्पनीको मूल्य बढ्दा १२ को घट्यो भने ३ को स्थिर रह्यो । सबैजसो क्षेत्रका सूचक बढेका छन् । बैंकिङ २.६६, विकास बैंक २.७०, फाइनान्स ३.४०, होटल तथा पर्यटन २.५०, हाइड्रोपावर ४.२४, लगानी ३.७२, जीवन बीमा ३.४६, उत्पादन २.१४, माइक्रोफाइनान्स १.५८, निर्जीवन बीमा २.०१, अन्य ३.८२ र व्यापार ०.६३ प्रतिशत बढे ।

    ७ कम्पनीको मूल्य १० प्रतिशत बढ्यो । विन नेपाल लघुवित्त, ग्रीन भेन्चर, इस्टर्न हाइड्रोपावर, रावा इनर्जी, एसियन हाइड्रोपावर, सिंगटी हाइड्रोपावर तथा इमर्जीङ नेपालको मूल्य १० प्रतिशत बढ्यो ।

    त्यस्तै मायाखोला हाइड्रोपावरको ९.८, मकर जितुमाया सुरी हाइड्रोपावरको ९.६, एचआईडीसीएलको ९.२ प्रतिशत मूल्य बढ्यो । थ्रीस्टार हाइड्रोपावरको मूल्य १० प्रतिशत घट्यो । सोबाहेक मूल्य धेरै घट्नेमा म्युचुअल फन्डका योजनाहरु अगाडि रहे । कारोबार रकमका आधारमा सीईडीबी हाइड्रोपावर, हिमालयन रिइन्स्योरेन्स, एनआरएन इन्फ्रास्ट्रक्चर, अपि पावर र एचआईडीसीएल संस्थापक सेयर क्रमशः अगाडि रहे ।


    प्रतिक्रिया दिनुहोस