बिहीबार , असोज २९ गते २०८३
  • यो साता चर्चामा :
  • अधिकांश विकास बैंकको ब्याजदर घट्यो


    हुलाक प्रेस

    • बिहीबार , कात्तिक ३० २०८००१:५६
    अधिकांश विकास बैंकको ब्याजदर घट्यो

    काठमाडौं । अधिकांश विकास बैंकले मंसिर महिनाका लागि मुद्दती निक्षेको ब्याजदर घटाएका छन् । गरिमा विकास, साइन रेसुंगा, कामना सेवा, मुक्तिनाथ, महालक्ष्मी र ज्योती विकास बैंकले ब्याजदर घटाएका हुन् ।

    बैंकहरुले सार्वजनिक गरेको नयाँ ब्याजदमा यी पाँचवटै बैंकले मंसिर महिनाको लागि मुद्दति निक्षेपमा ९.४०% ब्याजदर रहेको उल्लेख गरेका हुन् ।

    कार्तिक महिनामा औषतमा १०.२५ प्रतिशत रहेकोमा मंसिरमा घटेर औषत ब्याजदर ९.७४ प्रतिशतमा आएको हो । यी पाँच वटै बैंकले कात्तिकको तुलनामा मंसिरमा ०.८५ प्रतिशतले मुद्दती निक्षेपको ब्याजदर घटाएका हुन् ।

    यो बाहेक लुम्बिनी विकास बैंक र सांग्रिला विकास बैंकले भने ०.३५ प्रतिशतले ब्याजदर बढाएका छन् । यी दुई बैंकले कार्तिकमा १०.२५ प्रतिशत रहेको ब्याज बढाएर मंसिरका लागि १०.६० प्रतिशत पुर्याएका हुन् ।


    प्रतिक्रिया दिनुहोस