बिहीबार , असोज २९ गते २०८३
  • यो साता चर्चामा :
  • यी हुन् यो साता उच्च आम्दानी गर्ने शीर्ष १० कम्पनी, अधिकांश लो क्याप


    हुलाक प्रेस

    • शुक्रबार, भदौ २८ २०८१०५:२३
    यी हुन् यो साता उच्च आम्दानी गर्ने शीर्ष १० कम्पनी, अधिकांश लो क्याप

    काठमाडौं । यो साता ४ दिन घटेको र १ दिन मात्रै बढेको सेयर बजारमा लगानीकर्ताहरुले २०.७५ प्रतिशतसम्म आर्जन गरेका छन् । यो साता अधिकांश लो क्याप भएका कम्पनीका लगानीकर्ताले सर्वाधिक कमाएका छन् ।  
     
    यो साता सिएचडिसि हाईड्रोका लगानीकर्ताले सर्वाधिक कमाएका छन् । यो कम्पनीका लगानीकर्ताले एक साताको अवधिमा २०.७५ प्रतिशत आर्जन गर्न सफल भएका छन् ।  

    त्यसै गरि महिला लघुवित्तका लगानकिर्ताले पनि २०.२१ प्रतिशत आम्दानी गरेका छन् । इमर्जिङ नेपालकाका लगानीकर्ताले १८.७२  प्रतिशत , विन नेपाल लघुवित्तका लगानीकर्ताहरुले १४.७२ प्रतिशत, हाथवे इन्भेष्टमेन्टका लगानीकर्ताले १३.४२ प्रतिशत , महूलि लघुवित्तका लगानीकर्ताले १२.८२ प्रतिशत, अपर स्याङगे हाइड्रो पावरका लगानीकर्ताले १२.६ प्रतिशत , राँवा इनर्जि डेभलमेन्टका लगानीकर्ताहरुले ११.६६ प्रतिशत , नेपाल वेयर हाउजिङ्गका लगानीकर्ताले ९.२० प्रतिशत  र ग्रिन लाइफ इनर्जिका लगानीकर्ताले ९.१५ प्रतिशत आम्दानी गरेका छन् ।  


    प्रतिक्रिया दिनुहोस