बिहीबार , असोज २९ गते २०८३
  • यो साता चर्चामा :
  • आईसीसी लिग–२ : नेपाल र क्यानडाबीच प्रतिस्पर्धा हुँदै


    हुलाक प्रेस

    • आइतबार, असोज ६ २०८१०८:५३
    आईसीसी लिग–२ : नेपाल र क्यानडाबीच प्रतिस्पर्धा हुँदै

    काठमाडौं । विश्वकप लिग २ अन्तर्गत क्यानडामा जारी त्रिकोणात्मक ओडीआई सिरिजको तेस्रो खेलमा आज नेपालले घरेलु टोली क्यानडासँग खेल्दैछ ।

    नेपाल र क्यानडाबीचको खेल नेपाली समयअनुसार राति ८ः४५ बजे क्यानडाको किंग्स सिटी क्रिकेट मैदानमा हुनेछ ।

    लगातारको दोस्रो हार भोगेको नेपाल दबाबमा छ । पहिलो खेलमा क्यानडासँग १०३ रनको फराकिलो अन्तरले पराजित नेपालले दोस्रो खेलमा ओमानसँग एक विकेटले हारेको थियो । जारी सिरिजमा नेपाल लयमा देखिएको छैन ।

    क्यानडासँगको पहिलो खेलमा नेपालले अत्यन्त कमजोर ब्याटिङ प्रदर्शन गरेको थियो । ओमान विरूद्धको खेलमा प्रशिक्षक मोन्टी देसाईले टिममा तीन परिवर्तन गरे । तर, नेपालले सो खेलमा पनि जित दर्ज गर्न सकेन । पहिलो खेलमा लिग २ मा क्यानडासँग भोगेको लज्जास्पद हारको बदला लिनुपर्ने दबाबसँगै चुनौती नेपाललाई रहेको छ । किनकी ६ खेलमा नेपालले मात्र एक खेल जितेर २ अंक मात्र बनाएको छ ।

    नेपालले आज सुधारिएको प्रदर्शन गर्नु जरूरी छ । ब्याटिङ र बलिङ दुवैमा नेपालले मिहिनेत गर्नुपर्ने देखिएको छ । क्यानडा १० खेलमा १२ अंकका साथ अंक तालिकाको दोस्रो स्थानमा छ ।


    प्रतिक्रिया दिनुहोस