बिहीबार , असोज २९ गते २०८३
  • यो साता चर्चामा :
  • काठमाडौं उपत्यकामा बिहानैदेखि बादलले ढाक्यो, मध्यम वर्षाको सम्भावना


    हुलाक प्रेस

    • मंगलबार, असोज ८ २०८१०९:२५
    काठमाडौं उपत्यकामा बिहानैदेखि बादलले ढाक्यो, मध्यम वर्षाको सम्भावना

    काठमाडौं । देशभरसँगै काठमाडौँ उपत्यकाको मौसम पनि आज बिहानैदेखि बदली (आकाशमा बादल) भएको छ ।     

    मनसुनसँगै बंगालको खाडीमा विकसित जलवाष्पयुक्त हावा आउन थालेकाले आजदेखि मौसम बदली र वर्षाको क्रम बढ्न थालेको मौसमविद् तुलाराम अधिकारीले बताए । काठमाडौं उपत्यकाको केही ठाउँमा छिटपुट वर्षा भइरहेको भए पनि विहान ११ बजेदेखि भने मध्यम वर्षाको सम्भावना देखिएको अधिकारी बताउँछन् ।

    अधिकारीका अनुसार अहिले कोसी, मधेस र बागमती प्रदेशका थोरै स्थानमा  मेघगर्जन÷चट्याङसहित हल्कादेखि मध्यम वर्षा तथा एक÷दुई स्थानमा भारी वर्षासमेत भइरहेको छ । 

     


    प्रतिक्रिया दिनुहोस