बिहीबार , असोज २९ गते २०८३
  • यो साता चर्चामा :
  • ६ दिनपछि नेप्सेमा उच्च अंकको वृद्धि


    हुलाक प्रेस

    • बुधबार, असोज ९ २०८१०४:४९
    ६ दिनपछि नेप्सेमा उच्च अंकको वृद्धि

    काठमाडौं । सातौं कारोबार दिनमा नेप्से परिसूचकमा उच्च अंकले वृद्धि देखिएको छ ।

    यसअघिका दुई दिन लगातारको गिरावटमा ११७.९५ अंकले घटेको नेप्सेले बुधबार ४९.१८ अंक जोडेको छ । अन्तरदिनको कारोबारमा घटेर २४४३ विन्दुसम्म पुगेको नेप्से बजार बन्द हुँदा २५१९.५७ विन्दुमा पुगेको हो ।

    बजारले २५ सयको विन्दुमा टेवा खोजिरहेको र निकै लामो समयदेखि बजार घटेकोले बढ्ने प्रयासमा देखिएको हो ।मंगलबारसम्म बजार १७ प्रतिशत घटेको थियो । ३००१ विन्दु पुगेको नेप्से बुधबार घटेर २४७० सम्म आएको थियो ।

    बुधबार बजार बढे पनि कारोबार रकम भने घटेको छ । मंगलबार पाँच अर्ब ६८ करोड रूपैयाँको कारोबार भएकोमा यसदिन चार अर्ब ८१ करोड रूपैयाँको कारोबार भएको हो । बजार बढ्दा सामूहिक लगानी कोष बाहेक सबै समूहगत परिसूचकमा सुधार भएको छ । वित्त र जलविद्युत समूहको परिसूचक तीन प्रतिशतभन्दा धेरैले बढेको छ ।

    यसदिन तीन सय २७ वटा स्क्रिप कारोबार भएकोमा दुई सय ५० वटाको मूल्य बढेको छ भने ६२ वटाको मूल्य घटेको छ ।

    पाँच वटा कम्पनीको मूल्य १० प्रतिशतले बढेर सर्किट लागेको छ । विन नेपाल लघुवित्त,न्यादी हाइड्रो, युनिक नेपाल लघुवित्त, सगरमाथा हाइड्रो र थ्री स्टार हाइड्रोपावरको सेयर मूल्य बढेर सर्किट लागेको हो ।

    बजार बढ्दा न्यादी,अरुण भ्याली, सिइडिबी हाइड्रो र हिमालयन रि इन्स्योरेन्समा लगानीकर्ता आकर्षित भएका छन् । यी कम्पनीको सबैभन्दा धेरै कारोबार भएको छ ।


    प्रतिक्रिया दिनुहोस