बिहीबार , असोज २९ गते २०८३
  • यो साता चर्चामा :
  • ग्लोबल आइएमई बैंकको संस्थापक सेयर बिक्रीमा


    हुलाक प्रेस

    • बिहीबार , असोज १० २०८१०९:०२
    ग्लोबल आइएमई बैंकको संस्थापक सेयर बिक्रीमा

    काठमाडौं । ग्लोबल आइएमई बैंकले केही संस्थापक सेयरधनीको स्वामित्वमा रहेको संस्थापक सेयर बिक्रीमा राखेको छ । बैंकले आज एक सूचजा जारी गर्दै उक्त सेयर बिक्रीमा राखेको हो । बिक्रीमा राखिएको सेयरको संख्या भने खुलाइएको छैन ।  

    संस्थापक सेयर खरिद गर्दा पहिलो प्राथमिकता संस्थापक सेयरधनीहरुलाई दिनु पर्ने भएकाले बैंकका विद्यमान संस्थापक सेयरधनीहरुका लागि उक्त सेयर बिक्री गर्न लागिएको बैंकले जनाएको छ । 

    सेयर खरिद गर्न इच्छुक विद्यमान संस्थापक सेयरधनीहरुले सूचना प्रकाशित भएको ३५ दिनभित्र काठमाण्डौको कमलादीमा रहेको बैंकको रजिष्टर्ड कार्यालयमा आवेदन दिनु पर्नेछ ।  

    निर्धारित मितिभित्र आवेदन नपरेमा अन्य व्यक्ति तथा कम्पनीलाई सेयर बिक्री गरिने बैंकले उल्लेख गरेको छ । 


    प्रतिक्रिया दिनुहोस