बिहीबार , असोज २९ गते २०८३
  • यो साता चर्चामा :
  • बलिउड अभिनेता गोविन्दालाई गोली लाग्यो, आईसीयूमा भर्ना


    हुलाक प्रेस

    • मंगलबार, असोज १५ २०८१११:१३
    बलिउड अभिनेता गोविन्दालाई गोली लाग्यो, आईसीयूमा भर्ना

    काठमाडौं । बलिउड अभिनेता गोविन्दालाई गोली लागेको छ । भारतीय सञ्चारमाध्यमका अनुसार उनलाई खुट्टामा गोली लागेको छ । 

    घटना आज बिहान करिब ५ बजेको हो। गोविन्दा बिहान कोलकाता जाँदै गर्दा यो दुर्घटना भएको हो । उनले आफ्नो लाइसेन्स प्राप्त रिभल्भर सफा गर्दै गर्दा मिस फायर भएको बताइएको छ । 

    अभिनेता गोविन्दालाई अस्पताल भर्ना गरिएको छ। हाल उनको अवस्था स्थिर रहेको बताइएको छ। गोविन्दालाई आईसीयूमा राखिएको छ ।


    प्रतिक्रिया दिनुहोस