शुक्रबार, असोज ३० गते २०८३
  • यो साता चर्चामा :
  • मेडिकल व्यवसायी दुर्गा प्रसाईलाई एक लाख धरौटीमा छाड्न आदेश


    हुलाक प्रेस

    • मंगलबार, असोज १५ २०८१०७:०६
    मेडिकल व्यवसायी दुर्गा प्रसाईलाई एक लाख धरौटीमा छाड्न आदेश

    काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई एक लाख धरौटी रकम लिएर छोड्न अदालतले आदेश दिएको छ । जिल्ला अदालत काठमाडौंका न्यायाधीश ठाकुरप्रसाद खरेलको इजलासले प्रसाईंलाई दुईवटा मुद्दामा ५०/५० हजार धरौटी लिन आदेश गरेको अदालतका सूचना अधिकारी मेलिस बास्कोटाले जानकारी दिए ।

    साइबर अपराधमा पक्राउ परेका प्रसाईंलाई धरौटीमा छाड्न अदालतले दिएको आदेशसँगै थुनामुक्त हुने भएका छन् । 

    प्रसाईंले एक लाख रूपैयाँ धरौटी बुझाए आजै थुनामुक्त हुनेछन् । उनीमाथि प्रहरीको विद्युतीय कारोबार ऐनअनुसार कारबाही माग दाबी गरेको थियो ।

    ऐनको दफा ४७ अनुसार कसुर गरेको अभियोगमा पाँच वर्षसम्म कैद सजाय समेत हुनसक्ने व्यवस्था गरिएको छ । उनलाई प्रहरीको साइबर ब्युरोको टोलीले गएको असोज ७ मा पक्राउ गरेको थियो ।

    उनीसँगै पक्राउ पुर्जी जारी भएका जीवन पाण्डे र प्रकाशचन्द्र दाहाल भने अझै फरार छन् । एक महिलाबारे चरित्र हत्या हुने किसिमको अभिव्यक्ति दिएको आरोपमा उजुरी परेपछि प्रसाईं पक्राउ परेका थिए । 


    प्रतिक्रिया दिनुहोस