बिहीबार , असोज २९ गते २०८३
  • यो साता चर्चामा :
  • कस्तो रहला आज देशभरको मौसम ?


    हुलाक प्रेस

    • बुधबार, असोज ३० २०८१०९:०२
    कस्तो रहला आज देशभरको मौसम ?

    काठमाडौं । देशका पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली  रहे पनि बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहने जल तथा मौसम विभागले जनाएको छ ।

    जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो देशका पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रहनेछ । बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहनेछ । सबै प्रदेशका पहाडी भू–भागका एकदुई स्थानमा हल्का वर्षाको सम्भावना छ ।

    विभागले राति पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रहने बताएको छ । बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहनेछ ।

    कोसी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भू–भागका एकदुई स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

    हाल देशभर पश्चिमी वायुको आंशिक प्रभाव छ । कोसी, वाग्मती र गण्डकी प्रदेशका पहाडी भू–भागमा स्थानीय वायुको पनि आंशिक प्रभाव रहेको विभागले बताएको छ ।
     


    प्रतिक्रिया दिनुहोस