बिहीबार , असोज २९ गते २०८३
  • यो साता चर्चामा :
  • चीनद्वारा नयाँ पृथ्वी अवलोकन उपग्रह प्रक्षेपण


    हुलाक प्रेस

    • बिहीबार , कात्तिक १ २०८१०९:१४
    चीनद्वारा नयाँ पृथ्वी अवलोकन उपग्रह प्रक्षेपण

    काठमाडौं । चीनले बुधबार उत्तरपश्चिम चीनको जिउक्वान स्याटेलाइट प्रक्षेपण केन्द्रबाट नयाँ पृथ्वी अवलोकन उपग्रह अन्तरिक्षमा पठाएको छ ।

    गाओफेन-१२ ०५ स्याटेलाइट बिहान ७ः४५ मा (बेइजिङ समय) लङ मार्च-४सी क्यारियर रकेटमा प्रक्षेपण गरिएको थियो ।

    योजनाबद्ध कक्षमा सफलतापूर्वक प्रवेश गरेको बताइएको छ । यो भूमि सर्वेक्षण, शहरी योजना, सडक सञ्जाल डिजाइन, बाली उत्पादन अनुमान र विपद् राहत लगायतका विभिन्न क्षेत्रमा प्रयोग गरिनेछ ।

    प्रक्षेपण लङ मार्च क्यारियर रकेट श्रृंखलाको ५४० औं उडान मिसन हो ।


    प्रतिक्रिया दिनुहोस