बिहीबार , असोज २९ गते २०८३
  • यो साता चर्चामा :
  • आज दिनभर कस्तो रहला मौसम, वर्षाको सम्भावना कति छ ?


    हुलाक प्रेस

    • शुक्रबार, कात्तिक २ २०८१०८:०८
    आज दिनभर कस्तो रहला मौसम, वर्षाको सम्भावना कति छ ?

    काठमाडौं । देशका केही भू–भागमा वर्षाको सम्भावना देखिएको छ ।

    जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो देशका पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रहनेछ । बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहनेछ । 

    कोसी, वाग्मती र गण्डकी प्रदेशका पहाडी भू–भागका थोरै स्थानमा तथा बाँकी प्रदेशका पहाडी भू–भागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ ।

    विभागले राति कोसी, वाग्मती र गण्डकी प्रदेशको पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रहने बताएको छ । बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहनेछ । 

    कोसी, वाग्मती र गण्डकी प्रदेशका पहाडी भू–भागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ ।
    हाल देशभर पश्चिमी वायुको प्रभाव छ । कोसी, वाग्मती र गण्डकी प्रदेशको पहाडी भू–भागमा स्थानीय वायुको पनि केही प्रभाव रहेको विभागले बताएको छ ।
     


    प्रतिक्रिया दिनुहोस