बिहीबार , असोज २९ गते २०८३
  • यो साता चर्चामा :
  • आज र भोलि देशैभर बालबालिकालाई भिटामिन र जुकाको औषधी खुवाइँदै


    हुलाक प्रेस

    • शुक्रबार, कात्तिक २ २०८१०९:१८
    आज र भोलि देशैभर बालबालिकालाई भिटामिन र जुकाको औषधी खुवाइँदै

    काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आगामी आज र भोलि देशैभर भिटामिन ए क्याप्सुलसँगै जुकाको औषधि खुवाउने भएको छ । राष्ट्रिय पोषण कार्यक्रम अन्तरगत बालबालिकाहरूलाई औषधि खुवाउन लागिएको हो ।

    साथै, १५ महिनासम्म लगाउनुपर्ने कुनै पनि नियमित खोप छुटेको छ भने ५ वर्ष मुनिका बालबालिकालाई नजिकैको स्वास्थ्य संस्थामा छुटेको खोप लगाउन पनि मन्त्रालयले आग्रह गरेको छ । 

    थप जानकारीका लागि महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका तथा नजिकैको स्वास्थ्य संस्था वा वडा कार्यालयमा सम्पर्क गर्न मन्त्रालयले भनेको छ ।

     


    प्रतिक्रिया दिनुहोस