बुधबार, असोज २८ गते २०८३
  • यो साता चर्चामा :
  • मोबाइल बैंकिङमार्फत कारोबार गर्दा असफल भई पैसा काटेमा सोही दिन फिर्ता हुने


    हुलाक प्रेस

    • मंगलबार, मंसिर ५ २०८००८:२३
    मोबाइल बैंकिङमार्फत कारोबार गर्दा असफल भई पैसा काटेमा सोही दिन फिर्ता हुने

    काठमाडौं । दूरसञ्चार सञ्जालमार्फत मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ, इ–मनी (विद्युतीय) वालेट, इन्र्टएक्टिभ भ्वाइस रेस्पोन्स सिस्टम (आईभीआरएस), अनस्ट्रक्चर्ड सप्लिमेन्ट्री सर्भिस डाटा (यूएसएसडी) लगायतका सेवाबाट कारोबार सम्पन्न नभई खाताबाट मौज्दात घटेको अवस्थामा एक दिनभित्रमा फोर्स सेटलमेन्ट गर्न नेपाल राष्ट्र बैंकले निर्देशन दिएको छ।

    नेपाल राष्ट्र बैंकबाट भुक्तानीसम्बन्धी कार्य गर्न अनुमतिपत्रप्राप्त संस्थाहरूलाई जारी गरिएको भुक्तानी प्रणालीसम्बन्धी एकीकृत निर्देशन, २०८० अनुसार इस्युअर र एक्वाइरर् एउटै संस्था भएमा मनासिब कारण बाहेक कारोबार भएको अर्को दिन (टी प्लस१) सम्म फोर्स सेटलमेन्ट गर्नु पर्नेछ।

    इस्युअर र एक्वाइरर् फरक फरक संस्था भई दुबै नेपाली संस्था भएमा बढीमा टी प्लस ३ भित्रमा फोर्स सेटलमेन्ट गर्नु पर्नेछ।

    इस्युअर र एक्वाइरर् फरक फरक संस्था भई कुनै एक विदेशी संस्था भएमा बढीमा टी प्लस ३० भित्र फोर्स सेटलमेन्ट गर्नु पर्नेछ।


    प्रतिक्रिया दिनुहोस