बिहीबार , असोज २९ गते २०८३
  • यो साता चर्चामा :
  • आजको मौसमः उच्च पहाडी तथा हिमाली भू-भागमा हिमपातको सम्भावना


    हुलाक प्रेस

    • मंगलबार, कात्तिक ६ २०८१०८:२७
    आजको मौसमः उच्च पहाडी तथा हिमाली भू-भागमा हिमपातको सम्भावना
    फाइल तस्वीर

    काठमाडौं । देशभर पश्चिमी वायुको प्रभाव रहनुका साथै स्थानीय वायुको पनि आंशिक प्रभाव रहेको छ । हाल मधेस, वाग्मती र कर्णाली प्रदेशका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

    विभागका अनुसार आज दिउँसो कर्णाली र सुदुरपश्चिम प्रदेशलगायत कोसी, वाग्मती, गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ ।

    कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागका थोरै स्थानहरूमा तथा कोसी, वाग्मती, गण्डकी प्रदेशका पहाडी भू–भागमा एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । देशका उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको समेत सम्भावना रहेको विभागले जनाएको छ ।

    राति, देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ । कोसी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना छ ।


    प्रतिक्रिया दिनुहोस