बिहीबार , असोज २९ गते २०८३
  • यो साता चर्चामा :
  • नेप्से २५.८८ अंकले बढ्यो, चार अर्ब १७ करोडको सेयर कारोबार


    हुलाक प्रेस

    • मंगलबार, कात्तिक ६ २०८१०६:०८
    नेप्से २५.८८ अंकले बढ्यो, चार अर्ब १७ करोडको सेयर कारोबार

    काठमाडौं । धितोपत्र दोस्रो बजार मापक नेप्से परिसूचक २५.८८ अंकले बढेर बन्द भएको छ । नेप्से परिसूचक ०.९८ प्रतिशतले वृद्धि भएर २,६६५.८१ विन्दुमा बन्द भएको हो ।

    आज कारोबार रकम भने घटेको छ । यस दिन चार अर्ब १७ करोड रुपैयाँको सेयर कारोबार भएको छ । सोमबार पाँच अर्ब ९० करोड रुपैयाँको सेयर खरिद–बिक्री भएको थियो ।

    आज १९९ कम्पनीको सेयर मूल्य बढेको छ । बाँकी ४० कम्पनीको सेयर मूल्य घटेको छ । पाँच कम्पनीको सेयर मूल्य स्थिर छ । सेयर मूल्य स्थिर हुनेमा बलेफी हाइड्रोपावर, सिटिजन्स बैंक इन्टरनेसनल, इङवा हाइड्रोपावर र माछापुच्छ्रे बैंक छन् ।

    यस दिन रावा इनर्जी डेभलपमेन्टको सेयर मूल्य ८.८६ प्रतिशतले वृद्धि भएको छ । विन नेपाल लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य ४.७५ प्रतिशतले घटेको छ ।

    गुडविल फाइनान्सको सर्वाधिक मूल्यको सेयर खरिद–बिक्री भएको छ । यस कम्पनीको १७ करोड ३२ लाख रुपैयाँको सेयर खरिद–बिक्री भएको छ । त्यस्तै, बढी सेयर खरिद–बिक्री हुनेमा कुमारी बैंकको १३ करोड ८० लाख रुपैयाँको सेयर खरिद–बिक्री भएको छ ।

    आज कारोबारमा आएका १३ वटै समूहको परिसूचक बढेको छ । परिसूचक सर्वाधिक वृद्धि हुनेमा फाइनान्स समूह छ । यस समूहको परिसूचक ३.०३ प्रतिशतले वृद्धि भएको छ ।


  • सम्बन्धित विषय:

  • # शेयर बजार
  • प्रतिक्रिया दिनुहोस