बिहीबार , असोज २९ गते २०८३
  • यो साता चर्चामा :
  • ‘डाना’ को प्रभावले कोशी र मधेसमा वर्षाको सम्भावना


    हुलाक प्रेस

    • बिहीबार , कात्तिक ८ २०८१११:०६
    ‘डाना’ को प्रभावले कोशी र मधेसमा वर्षाको सम्भावना

    काठमाडौँ । जल तथा मौसम विज्ञान विभागअन्तर्गत मौसम पूर्वानुमान महाशाखाले समुन्द्री आधी ‘डाना’ को प्रभाव नेपालमा पनि पर्न थालेको जनाएको छ । यसका कारण नेपालको पूर्वी भागमा शुक्रबारसम्म हल्का वर्षाको सम्भावना छ । 

    महाशाखाका मौसमविद् मीनकुमार अर्यालले समुन्द्री आधी ‘डाना’ को प्रभावका कारण कोशी प्रदेश र मधेस प्रदेशका केही स्थानमा हल्का वर्षाको सम्भावना रहेको जानकारी दिए । “समुन्द्री आधी डानाको प्रभाव नेपालको पूर्वी क्षेत्रमा पर्ने देखिन्छ, बङ्गालको खाडीमा केही दिनअघि यो उत्पन्न भएको थियो । भारतको उडिसा र पश्चिम बङ्गालमा पनि यसको प्रभाव परेको छ”, उनले भने । 


    प्रतिक्रिया दिनुहोस