बिहीबार , असोज २९ गते २०८३
  • यो साता चर्चामा :
  • दाना चक्रवात ओडिशामा बज्रियो,नेपालमा कस्तो असर पर्ला ?


    हुलाक प्रेस

    • शुक्रबार, कात्तिक ९ २०८११०:०७
    दाना चक्रवात ओडिशामा बज्रियो,नेपालमा कस्तो असर पर्ला ?

    काठमाडौं । बंगालको खाडीमा विकसित चक्रवातको प्रत्यक्ष असर नेपालमा नपर्ने मौसमविदले बताएका छन् । तर त्यसको आंशिक प्रभावले कोशी प्रदेशमा वर्षा हुने उनीहरुको प्रक्षेपण छ । दानाको प्रभावले कोशी प्रदेशको तराई क्षेत्रदेखि पहाडी भूभागसम्म हल्कादेखि मौसम वर्षा हुन सक्ने मौसम विभागको प्रक्षेपण छ ।

    जल तथा मौसम विज्ञान विभागका अनुसार गत २४ घण्टामा बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही जिल्लाहरुमा वर्षा भएको छ । तर, सो वर्षा स्थानीय वायुका कारण भएको मौसमविद्को भनाई छ ।

    ‘दाना’ नाम दिइएको शक्तिशाली चक्रवात गएराति भारतको ओडिशा राज्यको जमिनमा बज्रिएको छ । यसको असरले ओडिशा र पश्चिम बंगालमा मेघगर्जन र चट्याङसहित भारीदेखि अति भारी वर्षा गराउने भन्दै पूर्वसतर्कता अपनाइएको छ । प्रभावित क्षेत्रबाट हजारौं मानिसहरुलाई सुरक्षित स्थानमा सारिएको छ भने उद्धार टोलीलाई उच्च सतर्कताका साथ राखिएको छ । हवाई र रेल सेवा स्थगित गरिएको छ भने सबै शिक्षण संस्थाहरु बन्द गरिएको छ ।

    भारतीय मौसम विज्ञान विभाग (आईएमडी) अधिकारीहरूका अनुसार आँधी पछिल्लो ६ घण्टामा पन्ध्र किलोमिटर प्रतिघण्टाको गतिमा उत्तर-उत्तरपश्चिममा सरेको थियो र त्यसपछि केन्द्रपारा जिल्लाको भिटकर्णिका र भद्रक जिल्लाको धम्राको बीचमा पुग्यो । यस अवधिमा हावाको गति करिब ११० किलोमिटर प्रतिघण्टा थियो ।

    ओडिसाको लगभग आधा जनसंख्यामा दानाको प्रभाव पर्नेछ । ओडिसाका १४ जिल्लाका १० लाख मानिसलाई सुरक्षित स्थानमा सारिएको छ । जसका कारण पश्चिम बंगालको तटीय क्षेत्रमा पनि तीव्र हावा चलिरहेको छ । दानाको प्रभावले ओडिसा र पश्चिम बंगालका तटीय क्षेत्रमा मध्यमदेखि भारी वर्षा भइरहेको छ भने हावाहुरी चलिरहेको छ ।

     


    प्रतिक्रिया दिनुहोस