बिहीबार , असोज २९ गते २०८३
  • यो साता चर्चामा :
  • नेपालको मौसममा 'दाना' आँधीको प्रभाव, पहाडी क्षेत्रमा वर्षाको सम्भावना


    हुलाक प्रेस

    • शनिबार, कात्तिक १० २०८१०८:४३
    नेपालको मौसममा 'दाना' आँधीको प्रभाव, पहाडी क्षेत्रमा वर्षाको सम्भावना

    काठमाडौं । देशका पहाडी भू–भागका एकदुई स्थानमा आज मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ ।

    जल तथा मौसम विज्ञान विभागका अनुसार कोसी प्रदेशमा आज बिहान आंशिकदेखि साधारणतया बदली रहेको छ । बाँकी प्रदेशमा आंशिक बदली रहेको छ ।

    विभागले दिउँसो कोसी प्रदेशलगायत देशका पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रहने बताएको छ । बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहनेछ । पहाडी भू–भागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ ।

    विभागले राति कोसी प्रदेशलगायत देशका पहाडी भू–भागमा आंशिक बदली रहने बताएको छ । बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहनेछ । 

    कोसी प्रदेशका पहाडी भू–भागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ ।  

    देशभर पश्चिमी वायुका साथै बंगालको खाडीमा विकसित चक्रवात ‘दाना’को अंशको आंशिक प्रभाव समेत रहेको विभागले जनाएको छ । 


    प्रतिक्रिया दिनुहोस