बिहीबार , असोज २९ गते २०८३
  • यो साता चर्चामा :
  • वीर गणेशमान सिंह टेनिस प्रतियोगितामा सुनिरा र रिसिकलाई एक लाख पुरस्कार


    हुलाक प्रेस

    • शनिबार, कात्तिक १० २०८१०७:५२
    वीर गणेशमान सिंह टेनिस प्रतियोगितामा सुनिरा र रिसिकलाई एक लाख पुरस्कार
    पाटन (ललितपुर) । वीर गणेशमान सिंह चौथो राष्ट्रिय टेनिस प्रतियोगिता सुनिरा थापा र रिसिक राणालाई रु एक लाख पुरस्कार प्रदान गरिएको छ ।
     
    नेपाल टेनिस सङ्घको खेलमैदान सातदोबाटोमा गणेशमान सिंह फाउण्डेशनद्वारा आयोजित वीर गणेशमान चौथो राष्ट्रिय टेनिस प्रतियोगिताको समापन तथा पुरस्कार वितरण समारोहमा आज उपप्रधान एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले उनीहरूलाई मेडल, प्रमाणपत्रसहित रु एक लाखको चेक  हस्तान्तरण गरे । 
     
    महिला सिंगलतर्फको उपाधिका लागि सुनीरा थापाले अभिलाशा विष्टलाई पराजित गर्दै उपाधि हात पारेकी हुन् । सेमिफाइनलमा अभिलाशाले प्राज्ना मानन्धरलाई र सुनीराले स्वस्तिका विष्टलाई पराजित गरेकी थिइन् । पुरुष सिंगलतर्फ ऋतिक राणाले राजवीर प्रधानलाई पराजित गर्दै उपाधि हात पारे । यसअघि सेमिफाइनलमा राजवीरले प्रणव मानन्धरलाई र ऋतिकले आयुष्मान् घलेलाई पराजित गर्दै उपाधि यात्रा तय गरेका थिए । 
     
    प्रतियोगितामा पूर्वउपप्रधानमन्त्री कमल थापाले दुई उपाधि हात पारेका छन् । । थापाले पुरुष ५५ वर्षमाथि र ६५ वर्षमाथि उमेरसमूहको सिंगलमा गरी दुई उपाधि चुम्न सफल भएका हुन् । उनले ५५ वर्षमाथि उमेर समूहको फाइनलमा मनोजविक्रम शाहलाई र ६५ वर्षमाथि सिंगलमा ध्रुव गुरुङलाई पाराजित गर्दै उपाधि हात पारेका हुन् ।
     
    पुरुष डबल्सको उपाधि प्रदीप खड्का र आयुष्मान् घलेले हात पारेका छन् । उनीहरूले फाइनलमा प्रणव खनाल र निहालजंगबहादुर थापालाई पराजित गरेका हुन् । 
     
    पुरुष ४५ वर्षमाथि डबल्समा डिगेन्द्र श्रेष्ठ र चन्द्र शाहीको जोडी प्रथम हुन सफल भए । यो जोडीले फाइनलमा महेश श्रेष्ठ र मानबहादुर कटुवालको जोडीलाई हराएको हो । यु–१२ उमेरसमूहको महिलातर्फ सिंगलमा अनुश्री धोजु र पुरुष सिंगलमा विश्व डल्लाकोटी प्रथम हुन सफल भए । अनुश्रीले फाइनलमा सारा पन्तलाई र विश्वले आरित मल्ललाई हराउँदै उपाधि जित्न सफल भएकी हुन् । 
    –––


  • सम्बन्धित विषय:

  • # #tennis
  • प्रतिक्रिया दिनुहोस